×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समाज लघुवित्तको ८६ हजार कित्ता आईपीओ शनिवार बाँडफाँड हुने

LAXMI SUNRISE BANK
GLOBAL

समाज लघुवित्तको ८६ हजार कित्ता आईपीओ शनिवार बाँडफाँड हुने

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ भदौ १३ गते (शनिवार) बाँडफाँड हुने भएको छ । प्राप्त भएको जानकारी अनुसार उक्त आइपिओमा १४८.८९ गुणा बढी आवेदन परेको छ । 
संस्थाको उक्त आइपीओमा ५ लाख ६६ हजार ४७३ जना आवेदकबाट १ करोड २० लाख १५ हजार ८ सय २० कित्ता सेयर खरिदको लागि आवेदन परेको छ। संस्थाको आइपीओ गोलाप्रथा प्रणालीबाट बाँडफाँट हुनेछ । जसमा ८ हजार ७० जना ले मात्रै १० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी ५ लाख ५८ हजार ४ सय ३ जनाको खाली हुनेछ।
संस्थाले ८६ हजार कित्ता आइपीओ भदौ ४ गतेदेखि बिक्री खुल्ला गरेको थियो। संस्थाले जारी गरेको आइपिओमध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदनदिएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी