×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समाज लघुवित्तको आइपीओ बाँडफाँड, कतिले पाए सेयर ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालय नारायणचौर नक्साल २ बजे गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो । 
जसमा ८ हजार ७० जना लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन्  भने बाँकीको हात खाली भएको छ । यो आइपीओमा कुल ५ लाख ६३ हजार ९९८ जनाले १ करोड १९ लाख ६२ हजार ७०० कित्ताका लागि आवेदन दिएका थिए ।कुल १ अर्ब १९ करोड ६२ लाख ७० हजार रुपैयाँ बरारको आवेदन परेको थियो । 
समाजले भदौ ४ गतेबाट ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: