×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समाज लघुवित्तको ८६ हजार कित्ता आइपिओ आउँदै, बिक्री प्रबन्धकमा सिद्दार्थ क्यापिटल !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

समाज लघुवित्तको ८६ हजार कित्ता आइपिओ आउँदै, बिक्री प्रबन्धकमा सिद्दार्थ क्यापिटल !

Artha Sarokar

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि पढ्नै पर्ने खबर छ । समाज लघुवित्त वित्तीय संस्थाले ८६ हजार कित्ता साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । संस्थाले आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेसंगै बाटो खुला भएको हो । 
संस्थाले ८६ लाख पुँजी संकलनका लागि सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ। संस्थाले एक सय अंकित ८६ हजार कित्ता सेयर जारी गर्ने तयारी गरेको छ। आइपिओपछि संस्थाको पुँजी २ करोड पुग्ने छ। कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्दार्थ क्यापिटल लिमिटेडले गर्नेछ । २०६८ सालदेखि सञ्चालनमा आएको यो संस्थाको केन्द्रीय कार्यालय सर्लाहीमा रहेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी