×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समाज लघुवित्तको ८६ हजार कित्ता आइपिओ भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको ८६ हजार कित्ता आइपीओ भर्ने आज (भदौ ८ गते) अन्तिम दिन रहेको छ । संस्थाले प्रतिकित्ता १०० अंकित मूल्यमा ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न गरेको हो ।
संस्थाले जारी गरेको आइपिओमध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर पनि लगानीकर्ताले आवेदन दिन सकिनेछ। २०६८ सालदेखि सञ्चालनमा आएको यो संस्थाको केन्द्रीय कार्यालय सर्लाहीमा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: