- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको ८६ हजार कित्ता आइपिओ आज (भदौ ४ गते,बिहिबार) देखि बिक्री खुल्ला गरेको छ । संस्थाले प्रतिकित्ता १०० अंकित मूल्यमा ८६ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो।
संस्थाले जारी गरेको आइपिओमध्ये १ हजार कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ४ हजार ३०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ८० हजार ७०० कित्ताका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यस आइपिओमा भदौ ८ गतेसम्म आवेदन भरीसक्नुपर्ने छ । यस आइपिओमा तोकेको समय भित्र आइपिओ सबै बिक्रि नभएमा ढिलोमा भदौ १८ गतेसम्म आवेदन दिन सक्ने छन् ।
संस्थाको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर पनि लगानीकर्ताले आवेदन दिन सकिनेछ। २०६८ सालदेखि सञ्चालनमा आएको यो संस्थाको केन्द्रीय कार्यालय सर्लाहीमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्