×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता लघुवित्तले गर्यो २६.३२ प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

PRIME CA

समता लघुवित्तले गर्यो २६.३२ प्रतिशत लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको ९७औँ बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद गरी कुल २६.३२% लाभांश दिने निर्णय गरेको हो ।
संस्थाले २ करोड ८२ लाख २३ हजार ३६० रुपैयाँ बराबरको बोनस र १ करोड २० लाख ७० हजार ५३५ रुपैयाँ नगद वितरण गर्ने भएको छ । सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने समताले जनाएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: