Skip to content
LAXMI SUNRISE BANK

कोरोनाबाट शेर्पा संघ युकेका अध्यक्ष साना शेर्पाको मृत्यु

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसका कारण शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोनाबाट मृत्यु भएको छ। भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे निधन भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले बताए ।
गत असार २९ गते कोरोना सङ्क्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो। एक साताअघि कोरोना परीक्षण गर्दा सङ्क्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK