- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ईन्द्रजात्राको अवसरमा सानिमा बैंकले ल्याएको छ “ईन्द्रजात्रा क्वूआर कोडको यात्रा” योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका संस्थागत व्यवसायिक खाता वाहकहरुले काठमाडौं उपत्यकाको विशेष जात्रा ईन्द्रजात्राको दिन डिजिटल कन्ट्याक्टलेस भुक्तानीका लागि आवेदन दिँदा ५०० रुपैयाँ बराबरको मोबाइल टपअप उपहार स्वरुप पाउन सकिने बैंकले जनाएको छ ।
यस योजनामा सहभागी हुनका लागि संस्थागत व्यावसायिक खाता वाहकहरुले घरैबाट रजिष्ट्रेसन गर्न सकिनेछ । जसका लागि https//login.fonepay.com/#/signupज मा गई आवश्यक विवरणहरु बुझाएपछि यो योजनामा सहभागी हुन सकिन्छ ।
यसैगरी बैंकमा खाता नहुनेहरुले पनि यो योजनामा सहभागी हुनका लागि https//login.fonepay.com/#/signup मा आफ्नो व्यक्तिगत तथा संस्थाको विवरण खुलाई खाता खोलेर क्वूआर कोड मर्चेन्ट बन्नको लागि निवेदन पेश गर्नुपर्ने छ ।
यसरी सहभागी भएका क्वूआर मर्चेन्टले बैंकको तर्फबाट ५०० रुपैयाँको मोबाइल टपअप प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । यो योजना भाद्र १६ गते ईन्द्रजात्राको दिन काठमाडौं उपत्यकाको लागि मात्र लागू हुनेछ ।