×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको खुद नाफासंगै घट्यो प्रति सेयर आम्दानी, अन्य सूचकको कस्तो छ अवस्था ? (विस्तृत विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

सानिमा बैंकको खुद नाफासंगै घट्यो प्रति सेयर आम्दानी, अन्य सूचकको कस्तो छ अवस्था ? (विस्तृत विवरणसहित)

३० श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमसको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा २४.५६ प्रतिशतले कम हो । अघिल्लो वर्षको यहि अवधिमा बैंकले २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार वितरण योग्य नाफा पनि ३५.२४ प्रतिशतले घटेर १ अर्व ५ करोड २६ लाख रुपैयाँमा सिमित रहेको छ । अघिल्लो वर्ष बैंकको वितरण योग्य नाफा १ अर्व ६२ करोड ५६ लाख रुपैयाँ रहेको थियो । 
बैंकको खुद नाफा घटेसंगै प्रति सेयर आम्दानी पनि घटेको छ । बैंकको प्रति सेयर आम्दानी ८ रुपैयाँ ५१ पैसाले घटेर १९ रुपैयाँ ५३ पैसामा झरेको छ भने प्रति सेयर नेटवर्थ १४४ रुपैयाँ ८३ पैसा रहेको छ । यस्तै, बैंकको खुद ब्याज आम्दानी ०.१६% ले बढ्दा सञ्चालन नाफा भने २५% ले घटेको छ । 
यो असारमसान्तसम्ममा बैंकले १ खर्व ६ अर्व ८३ लाख निक्षेप संकलन गरी ९० अर्व ५३ करोड ६१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । ८ अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ संचित रहेको छ । सानिमाको खराब कर्जा पनि बढेर ०.४८ प्रतिशत, बेस रेट ५.६२ प्रतिशत र कस्ट अफ फण्ड ६.६६ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: