×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि सप्तरीमा लम्बियो निषेधाज्ञा, अव भदौ २ गतेसम्म हुने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि सप्तरीमा लम्बियो निषेधाज्ञा, अव भदौ २ गतेसम्म हुने

Artha Sarokar

२५ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
राजविराज ।  सप्तरी जिल्ला भरी लगाएको निषेधाज्ञा भदौ २ गते सम्मका लागि बढाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि निषेधाज्ञाको समयावधी थपिएको हो ।
जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले सप्तरी जिल्लाभर भदौ २ गते राति ११ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए ।
यसअघि सप्तरी प्रशासनले साउन ८ गतेदेखि राजविराज नगरपालिका क्षेत्रमा र साउन २० गतेदेखि २६ गते सम्मका लागि जिल्लाभरी नै निषेधाज्ञा लागू गरेको थियो । प्रशासनले चाडपर्व मनाउँदा निषेधाज्ञाको बर्खिलाप नहुने गरि आफ्नो घरभित्रै सुरक्षित साथ मात्र चाडपर्व मनाउन समेत अनुरोध गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी