×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सप्तरीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु, जिल्लामा संक्रमितको संख्या कति पुग्यो ?

GLOBAL IME BANK

सप्तरीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु, जिल्लामा संक्रमितको संख्या कति पुग्यो ?

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछीकी ६५ वर्षीया महिला छिन् । उनको स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो ।
 महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रन्जित झाले जानकारी दिए । योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: