- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीमा एक चिकित्सकसहित ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत ३२ बर्षीय पुरुष चिकित्सकमा संक्रमण पुष्टि भएको छ ।
राजविराज नगरपालिका वडा नम्बर ६ मा ८, वडा नम्बर २ का ९ जना, वडा नम्बर ७ का ५ जना, वडा नम्बर ४ का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको भने ठेगाना खुलेको छैन ।
रुपनी गाउँपालिका ५ का ४ जना र ६ का एक जनामा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सप्तरीमा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भइसकेको छ ।