×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवनको खैरहनीमा स्कुलभित्रै तास खेलिरहेको अवस्थामा प्रधानाध्यापकसहित ११ जना पक्राउ

GLOBAL IME BANK

चितवनको खैरहनीमा स्कुलभित्रै तास खेलिरहेको अवस्थामा प्रधानाध्यापकसहित ११ जना पक्राउ

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवनको खैरहनीमा स्कुलभित्रै तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । खैरहनी नगरपालिका वडा नम्बर २ स्थित लिटल हेभन स्कुलमा तास खेलिरहेको अवस्थामा विद्यालयका प्रधानाध्यापक सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा छापा मर्दा बिहीबार दिउँसो १ बजेतिर प्रहरीले विद्यालयबाट प्रधानाध्यापक सहित ११ जनालाई पक्राउ गरको हो। उनीहरुको साथबाट ४५ हजार ६ सय ४० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु इलाका प्रहरी कार्यालयको हिरासतमा छन् ।
उनीहरुलाई जुवा ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: