×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेबोनले सूचिकृत संस्थाहरुलाई भन्यो – ‘३ दिनभित्र सबै कर्मचारीको कोरोना बीमा गराई बोर्डमा जानकारी गराउनू’

PRIME CA
GLOBAL IME BANK

सेबोनले सूचिकृत संस्थाहरुलाई भन्यो – ‘३ दिनभित्र सबै कर्मचारीको कोरोना बीमा गराई बोर्डमा जानकारी गराउनू’

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सबै संस्थाले आफ्ना सबै कर्मचारीको कोरोना बीमा गराउनुपर्ने भएको छ । बोर्डले सबै संस्थालई ३ दिन भित्र कोरोना बीमा गराउन निर्देशन दिएको हो ।
बोर्डले धितोपत्र बजार, क्रेडिट रेटिङ संस्था तथा सम्पूर्ण धितोपत्र व्यवसायीहरुलाई कर्मचारीलाई आर्थिक सुरक्षण प्रदान गर्न संस्थाकै खर्चमा ३ दिन भित्र कोरोना बीमा गरेर सोको जानकारी बोर्डमा गराउन निर्देशन दिएको छ । साथै बोर्डले कुनै कर्मचारी क्वारेन्टाइन वा आइसोलेसनमा बस्नु परेमा उक्त समयको तलब कट्टा नगर्न समेत निर्देशन दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: