
- अर्थ सरोकार सम्बाददाता
धनगढी । सुदूरपश्चिममा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणका कैलालीका १५ सहित सुदूरपश्चिमका थप ४० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा पाँच सय ८५ जनाको परीक्षण गरिएकोमा ४० जनामा संक्रमण पोजेटिभ देखिएको हो ।
संक्रमण पुष्टि भएकामध्ये अछामको तुर्माखाद गाउँपालिकाका १२ जना, कैलालीको धनगढी उपमहानगरपालिकाका १० जना, अछामकै रामारोशन गाउँपालिकाका ६ जना रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । यस्तै कैलालीको गोदावरी नगरपालिकाका दुई जना, जोशीपुर गाउँपालिकाका दुई जना र कैलारी गाउँपालिकामा एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना र वेदकोट नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या पाँच हजार नौ सय ३ पुगेको छ भने १४ जनाको मृत्यु भईसकेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्