×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु, शव व्यवस्थापनको तयारी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु, शव व्यवस्थापनको तयारी

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । कोरोना सङ्क्रमणको पुष्टी भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका—११ का ४५ वर्षीय पुरुषको आज मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मङ्गलबार निसर्ग अस्पताल धनगढीबाट पठाइएका उहाँको भन्टिलेटरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जानकारी दिनुभयो । मृतको शव व्यवस्थापनका लागि नेपाली सेनालाई आग्रह गरिसकिएको श्रेष्ठले बताउनुभयो । 
फोक्सो र कलेजो सम्बन्धी रोगले ग्रस्त भई निसर्ग अस्पताल धनगढीमा उपचार गराइरहेका उहाँलाई कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालको आइसोलेशनमा २० जना कोरोना सङ्क्रमित उपचारत रहेको र उहाँहरुको स्वास्थ्य अवस्था समान्य रहेको जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: