
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अनलाइन प्रणालीमा देखिएको समस्याप्रति सेयर लगानीकर्ता संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघले साउन २१ गते भएको अनलाइन प्रणालीमा देखिएको समस्याप्रति ध्यानाकर्षण भएको जनाएको हो । सेयर लगानीकर्ता संघ नेपालले विज्ञप्ति जारी गर्दै २०७७ साउन २१ गते अनलाइन प्रणालीमा देखिएको समस्याप्रति संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्तबारे छानबिन र दोषीलाई कारबाही गर्न माग गरेको छ ।
नियमित समयभन्दा ४५ मिनटपछि कारोबार सुरू हुनु र त्यसमा पनि नेपाल स्टक एक्सचेञ्जको वेबसाइट र टिएमएसमा फरक-फरक इन्डेक्स देखिनुका साथै कुनैमा बढेको र कुनैमा घटेको विरोधाभासपूर्ण सूचक देखिनु हदैसम्मको लापरवाही भएको संघको ठहर छ । यस्तै संघले दैनिक कारोबार संचालन गर्ने जिम्मेवारी पाएको नेप्सेबाट बारम्वार आइरहने यस्ता समस्याहरूमा जिम्मेवार हुँदै दीर्घकालीन समस्या समाधानमा संवेदनशील भएर लाग्नुपर्ने टड्कारो आवश्यकता रहेको भनेको छ ।
संघले पूँजीबजार जस्तो संवेदनशील क्षेत्रमा लापरवाही गर्ने व्यक्ति वा निकायलाई कहीँ कतैबाट पनि संरक्षण र छुट हुनुहुँदैन भन्दै सही कार्य गर्नेलाई पुरस्कार र गलत कार्य गर्नेलाई दण्ड दिनसमेत माग गरेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्