×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q4 Report : श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको खुद नाफा ११ करोड ३७ लाख रुपैयाँ, इपिएस कति ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

Q4 Report : श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको खुद नाफा ११ करोड ३७ लाख रुपैयाँ, इपिएस कति ? (विवरणसहित)

७ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ११ करोड ३७ लाख रुपैयाँ रहेको छ । यो नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १२.४४ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १२ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी भने  २.२२ प्रतिशतले बढेर २६ करोड ४३ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।  अघिल्लो वर्ष यसले २५ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा १८ करोड ८१ लाख रुपैयाँबाट घटेर १६ करोड २५ लाख रुपैयाँमा सिमित रहेको छ ।  
यो चौथौ त्रैमाससम्ममा कम्पनीले निक्षेप ४ अर्ब ८५ करोड रुपैयाँ संकलन गरी ४ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ८२ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २३ करोड ६६ लाख रुपैयाँ संचित छ ।
यता, कम्पनीको खराब कर्जा अनुपात ०.६७ प्रतिशत रहेको छ । कम्पनीको खराब कर्जा ०.१६ प्रतिशतले बढेको हो । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५३ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: