×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आईएमई बैकका कर्मचारीमा संक्रमण पुष्टी भएपछी बैंकको शाखा सिल, संक्रमित राजश्व कार्यालय पुगेको खुलासा

PRIME CA

ग्लोबल आईएमई बैकका कर्मचारीमा संक्रमण पुष्टी भएपछी बैंकको शाखा सिल, संक्रमित राजश्व कार्यालय पुगेको खुलासा

अर्थ सरोकार

प्रकाशित मिति : २५ श्रावण २०७७, आईतवार

  • अर्थ सरोकार सम्बाददाता 
लहान ।  सिराहाको लहान स्थित ग्लोबल आईएमई बैकमा कार्यरत कर्मचारीमा कारोना  संक्रमण पुष्टी भएपछि बैंकको शाखा सिल गरिएको छ । संक्रमित कर्मचारीलाई भने क्वारेन्टिनमा राखिएको छ । महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरिएको लहान नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रामसुन्दर यादवले बताए । 
रुघाखोकी र ज्वरोसहितको लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको र संक्रमित अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसन रहेको स्वास्थ्य शाखाप्रमुख यादवले बताए । संक्रमित  केही दिनअघि लहानस्थित आन्तरिक राजश्व कार्यालयमा रहेको बैंकको काउन्टरमा बसेकाले आन्तरिक राजश्व कार्यालयका कर्मचारीलाई समेत क्वारेन्टिनमा राखिएको जनाइएको छ । बैंकका कर्मचारीमा सङ्क्रमण पुष्टि भएसँगै आन्तरिक राजश्व कार्यालयले आजदेखि कार्यालयको सम्पूर्ण कार्य बन्द गरेको छ ।
यस्तै सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत एक सशस्त्र प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षकसहितका सशस्त्र प्रहरीलाई क्याम्पभित्रै क्वारेन्टिनमा राखिएको स्वास्थ्य प्रमुख यादवले जानकारी दिए । 
सङ्क्रमित बैंकका कर्मचारी तथा सशस्त्र प्रहरीको कन्ट्र्याक्टमा आएकाको पनि पहिचान गरी पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिने तयारी भइरहेको स्वास्थ्य शाखाप्रमुख यादवले जानकारी दिए । कोरोना सङ्क्रमतिको सङ्ख्या बढ्दै गएको भन्दै लहान नगरपालिका, गोलबजार नगरपालिका र मिर्चैया नगरपालिकाले साउन मसान्तसम्म नगर क्षेत्रमा लकडाउन जारी राखेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: