×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुकेर तास खेल्ने १२ जना धुन्दुकारीहरु पक्राउ, नगदसहित ४ लाख बढीको चेक बरामद !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लुकेर तास खेल्ने १२ जना धुन्दुकारीहरु पक्राउ, नगदसहित ४ लाख बढीको चेक बरामद !

Artha Sarokar

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददता 
सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१३ भाल्टाबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले स्थानीय मदनबहादुर राईको घरमा कौडा जुवा खेलिरेहको अवस्थामा नगद तथा हस्ताक्षर गरिएको चेकसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए ।
पक्राउ पर्नेमा सिरहा, सप्तरी र धनुषाका रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका १२ जनाकै नाम प्रहरीले सार्वजनिक गरेको छैन । जुवाखालबाट कौडा १६ थान, तीन लाख ६३ हजार ६४०, भारु चार हजार ८१० र हस्ताक्षर गरी राखिएको चार लाख ४८ हजार ३७३ को चेक तथा १४ थान मोबाइल बरामद भएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी