
- अर्थ सरोकार सम्बाददाता
भैरहवा । नेपाल एसबिआई बैंकका १३ कर्मचारीमा एकैसाथ कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको सिद्धार्थनगरमा रहेको शाखामा कार्यरत १३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी हुँदा आइसोलेसन कक्षको अभाव भएको छ । शाखा प्रबन्धक राकेश महर्जनका अनुसार संक्रमित कर्मचारीहरुलाई छुट्टै ठाउँको आइसोलेसनमा बस्न दबाब आईरहेको छ ।
यता होटलहरुसमेत खाली हुँदा संचालकहरुले आइसोलेसनका लागि दिन मनिरहेका छैनन् । जसकारण बैंकका संक्रमित कर्मचारीहरु आइसोलेसन कक्ष पाउनबाट बञ्चित भएका छन् । संक्रमित कर्मचारीले आफूहरुको व्यवस्थापनमा कसैले ध्यान नदिएको गुनासो गरेका छन् । अहिले भैरहवामा रहेका ४५ वटा बैंकहरूले सबै काम बन्द गरेका छन् । सिद्धार्थनगर नगरपालिकाले ५ भदौसम्म लकडाउन गरेपछि बैंकहरू पनि बन्द भएका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्