- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अन्तत: सुजित शाक्यले नबिल बैंक लिमिटेडमा जागिर सुरु गरेका छन् । केहि समयअघि नबिल बैंकको डेपुटी सीइओमा नियुक्त भएका उनले कुलिङ पिरियडको नीतिका कारण जिम्मेवारी लिन पाएका थिएनन् । उनले ग्लोबल आइएमइ बैंकबाट राजिनामा दिए पनि उनको राजिनामा स्वीकृत भएको थिएन ।
बैंकका सीइओ परशुराम कुँवरले छोडेपछि बैंकमा पहिलो बरियतामा महेश ढकाल थिए भने दोश्रो बरियतामा उनी थिए । त्यही कारण उनलाई कुलिङले नबिल जान रोकेको थियो । केहिदिन अघि बैंकको सीइओमा रत्नराज बज्राचार्य नियुक्त भएपछि उनी तेस्रो बरियतामा परेका थिए । जसका कारण उनलाई नबिल बैंक जान बाटो खुलेको थियो ।