×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : तनहुँमा बाढीले धान खेतलाई बगर बनाईदिएपछी…किसान बने चिन्तित !

PRIME CA

देश बोल्ने फोटो कथा : तनहुँमा बाढीले धान खेतलाई बगर बनाईदिएपछी…किसान बने चिन्तित !

अर्थ सरोकार

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ?यी दृश्यहरु आफैं बोलिरहेछन् ।

आजको अंकमा हामीले तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवा नजिक बुल्दीखोलामा आएको बाढीले बगरमा परिणत गरिदिएको धान खेतदेखि बन्दाबन्दी खुलेसँगै फेवातालमा चहलपहल बढेकोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवा नजिक बुल्दीखोलामा आएको बाढीले बगरमा परिणत गरिदिएको धान  खेत । अठार वर्षअघि पनि उक्त खोलामा आएको बाढीले ठूलो क्षति बनाएको स्थानीयवासी बताउँछन् ।
पोखराको फेवाताल किनारमा चटपट बेच्दै महिला । बन्दाबन्दी खुलेसँगै अहिले चटपटको व्यापारले उहाँको दैनिकीलाई सहज बनाएको छ । उहाँ दैनिक रु पाँच सयदेखि एक हजार पाँच सयसम्म व्यापार हुने बताउनुहुन्छ ।
ट्राफिक प्रहरीलाई कोरोना भाइरस सङ्क्रमण देखिएपछि सिल गरिएको महानगरीय ट्राफिक  प्रहरी महाशाखा, रामशाहपथ ।
पाल्पाको रामपुर नगरपालिका वडा नं १० स्थित हेक्लाङ्गफाँट सिंचाई आयोजनाको कुलो पहिरो गएपछि काम गर्दै कृषक । अबिरल वर्षाका कारण कुलोको गहिरे पहिरो भन्ने स्थानमा करिव २५ मिटरमा पहिरोले क्षति पुगेको छ ।
तनहुँको व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयले घरदैलोमा नै सञ्चालन गरेको सिकाई सहजीकरणमा सहभागी भएर अध्ययन गर्दै बालबालिका । विद्यालयले सो वडाको बेतेनी, पाटन, बेनीपाटन र सौराह टोलमा पुगेर विद्यार्थीलाई सिकाई सहजीकरण गरिरहेको छ ।
कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा आएको बाढीले आवातजावतमा अवरोध ल्याएपछि जोखिम मोलेर बाइक तार्दै यात्रु । आठ वर्षदेखि पुल नबन्दा वर्षेनी यात्रुले यस्तै सास्ती भोग्नुपरेको छ ।
साउन ११ गते रातिको वर्षासँगै आएको बाढीले  चितवनको इच्छाकामना–७ हरिपुर खोलाको  पुल बगाएपछि  गाउँपालिकाको सहयोगमा पुल निर्माणमा जुटेका स्थानीयवासी  ।
साउन ११ गते रातिको वर्षासँगै आएको बाढीले  चितवनको इच्छाकामना–७ हरिपुर खोलाको  पुल बगाएपछि  गाउँपालिकाको सहयोगमा पुल निर्माणमा जुटेका स्थानीयवासी  । 
कालोपत्रे हुँदै गरेको दाङको तुलसीपुर उपमहानगरपालिका–११ स्थित शहीद मार्ग । शहीदको नाममा नामकरण गरिएको उक्त सडक स्तरोन्नतिका लागि स्थानीय तथा प्रदेश सरकारले चासो दिएका छन् ।
डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोेखरी र दिपायल सिलगढी नगरपालिका–८ लडागडाका १०० जना बाख्रापालक कृषकलाई गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास मञ्च नेपालले वितरण गरेको डालेघाँस र भूइँघाँसका बिरुवा । 
बैतडीको दशरथचन्द राजमार्ग छेउमा  निर्यातका लागि राखिएका भैंसी । पछिल्लो समय भैंसी निर्यात हुने क्रम बढ्दा लोप हुँदै गएका छन् । 
जुम्लाको तिला गाउँपालिका–९ मानेचौरमा आलु भण्डारण गर्न निर्माण गरिँदै चिस्यान घर । पेस नेपाल जुम्लाले क्याफ्स कर्णाली परियोजनाको रु ३३ लाख लागतमा १० मेट्रिक टन क्षमताको चिस्यान घरको निर्माण गर्न थालेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: