×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनकोसी गाउँपालिकामा ३७ जनाको स्वाब संकलन, जामुने गाउँ ‘सिल’ !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सुनकोसी गाउँपालिकामा ३७ जनाको स्वाब संकलन, जामुने गाउँ ‘सिल’ !

Artha Sarokar

२५ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुनकोसी

  • अर्थ सरोकार सम्बाददाता 
सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका जामुनेका ३७ जनाको स्वाव संकलन गरिएको छ । कोरोना संक्रमितको  कन्ट्यक ट्रेसिङ्गमा प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरिएको हो ।
शनिवार संघिय प्रहरी कार्यालय काभ्रेमा कार्यरत ६ जना प्रहरी कर्मचारीमा कोरोना पोजेटिभ देखिएको र संक्रमितमध्ये १ जना पुरुष गाउँ आएको थियो । यसका आधारमा जामुनेका ३७ जनाको स्वाव संकलन गरिएको सुनकोसी ७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाले बताए। उनिहरुको रिपोर्ट नआएसम्मका लागि जामुने क्षेत्र शिल गर्ने निर्णय समेत भएको छ ।
जिल्ला प्रशासन कार्यालयको अनुमतिमा सुनकोसी गाउँपालिकाले जामुने क्षेत्र शिल गर्ने निर्णय गरेको वडाध्यक्ष तिमल्सिनाले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी