×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंककि सनाजको सुसाइड नोट- ‘बुबाको नाममा २० लाख जम्मा गरेकी छु, मेरो मृत्युको दोष कसैलाई नदिनू…’

  • अर्थ सरोकार सम्बाददाता 
बिराटनगर । सनराइज बैंकको बिराटनगर शाखाको शौचालयमा सनाजको लास लडिरहेको थियो । उनको मृत शरीर ‘मृत’ छ भनेर नपत्याएका सहकर्मीहरुले प्रहरीलाई खबर गरे र अस्पताल पुर्याए । तर उनले यो संसार छोडीसकेकी थिइन् । बैंकको बिराटनगर शाखामा कर्जा विभागमा रहेर काम गर्थिन् उनी । करिब एक बर्ष भएको थियो सनराइज बैंकमा जागिर सुरु गरेको । उनले यसरी बैंकको शौचालयमा सुसाइड गर्लिन् भन्ने सायदै कसैले सोचेको थियो होला । तर बुधबार यस्तै भयो बिराटनगरमा । 
https://arthasarokar.com/2020/08/Sunrise-B.html
कार्यकक्षमै बिष खाएपछि उनलाई गाह्रो भएछ । त्यसपछि उनी शौचालय गइन् । अचानक उनी लडेपछि उनलाई अस्पताल पुर्याईयो र प्रहरीलाई पनि खबर गरियो । तर अस्पताल भर्ना गरे लगतै उनलाई डाक्टरले मृत घोषणा गरे । उनको साथबाट सुसाइड नोट पनि भेटिएको छ । वरिष्ठ सहायक अधिकृत पदमा कार्यरत विराटनगर महानगरपालिका-८ सहयोगी टोलकी ३० वर्षीया उनको झोलामा सुसाइड नोट भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताएका छन् । 
सुसाइड नोटमा के छ ?
बिष पिउनुअघि उनले सुसाइड नोट लेखेकी छिन् । प्रहरीका अनुसार बाबु र आमालाई सम्बोधन गरेर लेखिएको नोटमा उनले आफ्नो मृत्युको कारण कोहि नभएको र कसैलाई पनि दोष नदिन भनेर लेखिएको छ । मृतक सनाजले बैंकमा आफ्ना बाबुको नाममा २० लाख रुपैयाँ जम्मा गरिदिएको र विभिन्न बैंक तथा वित्तिय संस्थामा आफ्नो शेयर रहेको नोटमा उल्लेखसमेत गरेकी छिन् । 

एनएमबि बैंकको यो काण्ड हेर्न छुटाउनुभयो कि ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: