
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनराइजका सीइओलाई राजिनामा गराउन खोज्दा उल्टै आफैं फसेका सनराइज बैंकका सञ्चालक ओमकृष्ण जोशीले दिएको राजिनामा स्वीकृत भएको छ । बिहीबार बसेको संचालक समितिको बैठकले उक्त राजीनामा स्वीकृत गरेको हो ।
बैंकमा शैलेन्द्र गुरागाईं, मालचन्द्र दुगड, बच्चराज तातेडले बैंकका अध्यक्ष मोतिलाल दुगडको राजिनामा मागेसँगै बोर्डमा विवाद देखिएको थियो । अध्यक्षले राजिनामा नदिने भए सीइओको राजिनामा चाहियो भन्दै बैंकभित्र रडाको मच्चिएको थियो । पछी नेपाल राष्ट्र बैंकले भद्र हस्तक्षेप गर्दै विवाद मिलाउन खोजेको थियो । यद्यपी स्थिति केहि साम्य हुनेबित्तिकै सीइओ पौड्यालको राजिनामा पनि स्वीकृत गर्ने तयारी छ ।
यता बैंकका आन्तरिक कागज कसले बाहिर मिडियामा दियो भन्ने पत्ता लगाउन बैंकका अध्यक्षले दुई सदस्यीय छानविन समिति बनाएका छन् । बोर्डमा छलफल गरेर नभई उनले व्यक्तिगत रुपमा छानविन समिति गठन गरेको स्रोतको दाबी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्