×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइजले भन्यो, ‘कसैले गोप्य विवरण मागे नदिनू’, ग्राहकले पनि भने, ‘तिमीहरुले पनि मिडियामा गोप्य डकुमेन्ट नदिनू…’

PRIME CA
GLOBAL IME BANK

सनराइजले भन्यो, ‘कसैले गोप्य विवरण मागे नदिनू’, ग्राहकले पनि भने, ‘तिमीहरुले पनि मिडियामा गोप्य डकुमेन्ट नदिनू…’

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौ । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई आफ्नो गोप्य विवरण कसैलाई पनि नदिन आग्रह गरेको छ । साइबर सुरक्षामा आक्रमण भइरहेको भन्दै बैंकले एक सार्वजनिक सूचना जारी गर्दै ग्राहकलाई सचेत रहन आग्रह गरेको हो । एक सार्वजनिक सूचनामार्फत बैंकले सम्पूर्ण ग्राहकलाई पासवर्ड र पिन नम्बर परिवर्तन गर्न, खाता कार्डमार्फत् भएको कारोबारको स्टेट्मेन्ट रुजु गराउन तथा शंका लागेमा तुरुन्तै बैंकमा खबर गर्न आग्रह गरेको छ ।
डिजिटल भुक्तानीको माध्यमबाट ठगी गर्न खोजेको गुनासो बैंकलाई प्राप्त भएपछी बैंकले यस्तो सूचना जारी गरेको हो । फेसबुक भाइबर लगायतका समाजिक संजालमार्फत् गोप्य विवरण माग्ने काम भइरहेको भन्दै बैंकले ग्राहकलाई सचेत गराएको छ ।बैंकको कर्मचारी बताउँदै ग्राहकलाई फोन गरेर एटीएम पासवर्ड, मोबाइल बैंकिङ पासवर्ड, पिन नम्बरलगायतका गोप्य विवरण मागेमा नदिनु सबै ग्राहकलाई सुचित गराएको छ ।
ग्राहकहरुको पनि व्यंग्य, ‘तिमीहरुले पनि मिडियामा गोप्य डकुमेन्ट नदिनू…’
यता ग्राहकहरुले पनि मिडियामा गोप्य डकुमेन्ट नदिन र संस्थाको इज्जतको ख्याल गर्न बैंकलाई आग्रह गरेका छन् । केहि समयअघि अध्यक्षले सीइओलाई लिएको स्पष्टिकरणको गोप्य डकुमेन्ट बाहिरिएकोतर्फ इंकित गर्दै केहि ग्राहकहरुले विभिन्न सामाजिक संजालमार्फत बैंकलाई बैंकले पनि गोप्य डकुमेन्ट बाहिर नल्याउन भन्दै कमेन्ट गरेका छन् । बैंकर्स रुम रिलोडेड नामक ग्रुपमा विभिन्न ग्राहक तथा बैंकरहरुले यस्तो कमेन्ट गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: