- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । निषेधाज्ञाको चौँथो दिन काठमाडौंका सडक झनै सुनसान देखिएका छन् । कोरोना भाइरसको जोखिमलाई मध्येनजर गर्दै सरकारले बुधबारबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेपछि काठमाडौंका सडक सुनसान देखिएका हुन् । विभिन्न स्थानमा ट्राफिक प्रहरी खटाइएको छ । यसरी सडकमा खटिएका ट्राफिक प्रहरीले सडकमा गुडिरहेका अत्यावश्यक गाडीहरू बाहेक अरु सडकमा निस्किएका गाडी र पैदल यात्रीलाइ जाँच गरिरहेको छ । अत्यावश्यक कामका लागि निस्केका गाडीहरू र मानिसलाई जाँच गर्दै आवश्यकता हरेर मात्रै छोड्ने गरिरहेका छन् । बाँकी फोटोमा…