×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञाको दोस्रो दिन धनगढी सुनसान, १० तस्विरमा हेर्नुहोस् यस्तो देखियो सडक…! (फोटो-कथा)

PRIME CA

निषेधाज्ञाको दोस्रो दिन धनगढी सुनसान, १० तस्विरमा हेर्नुहोस् यस्तो देखियो सडक…! (फोटो-कथा)

६ भाद्र २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • सुदर्शन श्रेष्ठ/अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलालीमा जारी गरिएको निषेधाज्ञाको दोस्रो दिन धनगढी सुनसान बनेको छ । आजपनि ठाउँ ठाउँमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ । 

अतिआवश्यक काम बाहेक बिना काममा बाहिर हिँडडुल गर्नेलाई आज पनि प्रहरीले चेकिङ्ग गर्दै नियन्त्रणमा लिएको छ । अतिआवश्यक कामका लागि खाद्यान्न तथा औषधी पसलबाहेकका सबै पसलहरु पुर्ण रुपमा बन्द गरिएका छन् । सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ भने महत्वपुर्ण कार्यालयका कर्मचारीलाई पनि आवश्यक मापदण्ड पुरा गरेरमात्रै सवारी सञ्चालन गर्न दिईएको छ । 

यसो त दिनप्रतिदिन कोरोना भाइरसको संक्रमण फैलिदै गएका बेला सुदूरपश्चिम संक्रमणको उच्च जोखिममा रहेको छ । यसैबीच कैलालीमा जारी गरिएको दोस्रो चरणको निषेधाज्ञा निकै नै प्रभावकारी देखिएको छ । निषेधाज्ञाको दोस्रो दिन धनगढीका अधिकांश सडकहरु सुनसान देखिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्…

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: