- अर्थ सरोकार सम्बाददाता
इनरुवा । सुनसरीमा शुक्रबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १३ जना प्रहरीसहित ३८ जनामा कोरोना पुष्टी भएको हो ।
सरुवा भई सुनसरी आएका प्रहरीहरु इनरुवा अस्पतालमा स्वाब संकलन पश्चात क्वारेन्टाइनमा बसेका थिए । जसमा १३ जना प्रहरीसहित ३८ जनामा कोरोना पुष्टी भएको हो । योसंगै सुनसरीमा कोरोना संक्रमितको संख्या ५ सय ७७ पुगेको छ । जसमध्ये २ सय ३५ जना निको भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।