×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वोच्च अदालतमा थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

GLOBAL IME BANK

सर्वोच्च अदालतमा थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सर्वोच्च अदालतका थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गर्दा र एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सर्वोच्चमा गत शनिबार संकलन गरिएको स्वाबको मंगलबार रिपोर्ट आएको हो । संक्रमित व्यक्ति इजलासमा बस्ने कर्मचारी हुन् । योसँगै सर्वोच्च अदालतमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । यसअघि एक जना गाडीचालक र एक न्यायाधीशको सहयोगीमा कोरोना संक्रमण देखिएको छ । इजलासकै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सर्वोच्चका कर्मचारीमा त्रास देखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: