- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कर्णाली प्रदेशमा सोमबार थप ५१ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा पछिल्लो २४ घण्टामा ५१ जना संक्रमित थपिएका हुन् । नयाँ संक्रमितहरु रुकुमपश्चिमका १८ जना, जाजरकोटका १५ जना, कालिकोटका ३ जना, सुर्खेत, चितवन, बर्दिया, कंचनपुरका २-२ जना तथा कैलाली, सल्यान, सर्लाही, रुपन्देही, डडेल्धुरा, धादिङ र उदयपुरका एक/एक जना छन् ।
योसंगै कर्णाली प्रदेशमा संक्रमितको संख्या २ हजार २९५ पुगेको छ । साथै प्रदेशमा अहिलेसम्म एक हजार ९९२ निको भएका छन् ।