- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २३ जनामा संक्रमण पुष्टी भएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले सुर्खेतका ११ महिलासहित १८ जना, दैलेखका ४ जना र एक जना सल्यानका रहेको जनाएको छ । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २०३४ पुगेको छ । यस्तै कर्णालीमा बुधबार ३ जना डिस्चार्ज भएका छन् ।