×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुर्खेतमा ६ महिने बालकसहित ९ जनामा संक्रमण पुष्टी, १२ जना डिस्चार्ज !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सुर्खेतमा ६ महिने बालकसहित ९ जनामा संक्रमण पुष्टी, १२ जना डिस्चार्ज !

२५ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६ महिने बालकसहित ९ जनामा संक्रमण पुष्टी भएको छ ।सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणबाट आइतबार थप ९ जनामा संक्रमण पुष्टी भएको हो । 
जुम्लाका चार जना, सुर्खेत र कालीकोटका दुई/दुई जना र दैलेखका एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यस्तै, कर्णालीमा आइतबार थप १२ जना डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १८८० पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: