×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्याङ्जाका एसपीसहित ३ जना प्रहरी कोरोनामुक्त, जिल्लामा १ सय ९८ जना संक्रमित भए निको

LAXMI SUNRISE BANK

स्याङ्जाका एसपीसहित ३ जना प्रहरी कोरोनामुक्त, जिल्लामा १ सय ९८ जना संक्रमित भए निको

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सहित तीन जना प्रहरी कोरोनामुक्त भएका छन् । शुक्रबार (आज) गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएकोस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । एसपी विमलराज कणेलसहित एक जना हवल्दार र एक जना प्रहरी जवान निको भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी गल्याङमा गरी जिल्लाभर ४० जना प्रहरीमा कोरोना देखिएको थियो । वालिङ र गल्याङका एकरएक जना रहेका छन् भने, बाँकी जिल्ला प्रहरी कार्यालयमा नै कार्यरत रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । स्याङ्जामा संक्रमण पुष्टि हुनेको संख्या २ सय ८२ पुगेको छ । उपचारपछि १ सय ९८ जना निको भएर घर फर्केका छन् भने ८२ जना उपचाररत छन् । कोरोनाका कारण जिल्लामा २ जनाको मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी