Skip to content
LAXMI SUNRISE BANK

दुई महिनापछि खुल्यो गल्याङ नगर अस्पताल

अर्थ सरोकार

स्याङ्जा। दुई महिनापछि खुल्यो गल्याङ नगर अस्पताल गल्याङ नगरपालिका–३ स्थित गल्याङ नगर अस्पताल दुई महिनापछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । नगर अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि समुदायमा समेत सङ्क्रमण फैलिन सक्ने जनाई बन्द गरिएको नगर अस्पताल पुनः सञ्चालनमा आएको अस्पतालका प्रमुख थानपति न्यौपानेले जानकारी दिनुभयो ।
बन्द अस्पतालका आकस्मिक तथा बहिरङ्गसहितका सबै सेवा सञ्चालनमा ल्याइएको छ । अस्पतालका प्रमुख न्यौपानेले भन्नुभयो, “कोरोनाको सङ्क्रमण देखिएका बिरामीको उपचारका लागि आइसोलेसन कक्ष र अन्य बिरामी प्रवेश गर्ने प्रवेशद्वार छुट्टाछुट्टै निर्माण गरेर अस्पतालको सेवा पुनःसञ्चालन गरेका छौँ ।” अब अस्पतालमा उपचार गर्न आउँदा कुनै पनि डर मान्नुपर्ने अवस्था नरहेको अस्पतालले जनाएको छ । 
सामान्य उपचार गर्न पनि टाढा धाउनुपर्ने बाध्यतालाई ध्यानमा राखेर अस्पतालको नियमित सेवा शुरु गरिएको प्रमुख न्यौपानेले बताउनुभयो । गल्याङ नगर अस्पतालको आइसोलेसनमा हालसम्म ५८ जना कोरोना रोगलाई जितेर घर फर्केको तथा अहिले १० सङ्क्रमितको उपचार भइरहेको छ । –रासस
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK