Skip to content
LAXMI SUNRISE BANK

कोरोना कहरकाबीच कैलालीबाट ८१ हजार नगतसहित ८ जुवाडे पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । कैलालीमा ८१ हजार नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ बसपार्कमा रहेको दिपाली होटल एण्ड लजमा जुवा खेलीरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिईएको प्रहरी टोलीले नगद सहित जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्वर १ का ३२ बर्षीय रामराज जैशी, सोही ठाउँका ३६ बर्षीय लक्ष्मण बुढाथोकी, ३३ बर्षीय जिवन अधिकारी, ३० बर्षीय धमिन्द्र रावल रहेका छन् । यस्तै सोही ठाउँका २० बर्षीय पवन थापा, वडा नम्वर २ का ३३ बर्षीय प्रकाश शाही, वडा नम्वर ४ का ३३ बर्षीय पुरन बिक र घोडाघोडी नगरपालिका १ बस्ने अक्कल शाहीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताउनुभयो ।  

पक्राउ परेका ८ जनामाथि जुवा ऐन अन्तरगत कारवाही हुने प्रहरी नायव उपरिक्षक विष्टले बताउनुभयो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK