×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कर्मचारीमा कोरोना देखिएपछि आँबुखैरेनी गाउँपालिका कार्यालय तीन दिन बन्द !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यालय आइतबारदेखि तीन दिनका लागि बन्द गरिएको छ ।  कार्यालयका कार्यरत १ कर्मचारीमा कोरोना देखिएपछि तीन दिनका लागि बन्द गरिएको छ । शनिबार ४२ वर्षीय पुरुष कर्मचारीमा संक्रमण देखिएकाले बन्द गरिएको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले बताए । 
साउन १४ गते संक्रमितसहित क्वारेन्टिनमा बसेका ९ जनाको स्वाब संकलन गरिएको थियो । जसमा उनको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमणको जोखिमलाई मध्यनजर राखेर गाउँपालिकाको कार्यालय तथा सबै वडा कार्यालयहरुबाट दिइने सेवाप्रवाह मंगलबारसम्म बन्द गरेर कर्मचारीहरुको परीक्षण थालिएको हो । उक्त गाउँपालिकामा अहिलेसम्म ६ जनामा संक्रमण पुष्टि भएकोमध्ये अन्य चार जना भने डिस्चार्ज भइसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: