×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तनहुँमा कोरोना संक्रमितको संख्या बढ्दो, थप १० जनामा कोरोना पुष्टी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

तनहुँमा कोरोना संक्रमितको संख्या बढ्दो, थप १० जनामा कोरोना पुष्टी

Artha Sarokar

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
तनहुँ । तनहुँकामा थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको म्याग्दे गाउँपालिकाका आठ जना, भानु नगरपालिकाका एक र देवघाट गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी  भएको हो । म्याग्दे गाउँपालिकाको वडा नम्बर ४, ६ र ७ का आठ जनामा कोरोना पुष्टी  भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
कोरोना पुष्टी हुनेमध्ये एक जना प्रहरी, छ जना भारतबाट आएर होम क्वारेन्टिनमा बसेका र एक जना म्याग्दे गाउँपालिका–७ घर भई हाल व्यास नगरपालिका–३ शान्तिनगर बस्ने पुरुष रहेको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि नागिलाले जानकारी दिनुभयो । त्यस्तै भानु नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषमा समेत संक्रमण पुष्टी भएको छ । देवघाट गाउँपालिका वडा नम्बर ५ निवासी ५१ वर्षीय पुरुषलाई समेत कोरोना संक्रमण पुष्टी  भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी