- अर्थ सरोकार सम्बाददाता
पोखरा । तनहुँमा एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ब्यास-१ भादगाउँ रतौली टोलका एकै परिवारका ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । प्रहरी दम्पत्तिको घरमा कोरोना संक्रमण देखिएको हो ।
प्रहरी दम्पत्तिकी आमा आमाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्यमा कोरोना परीक्षण गरिएको थियो । महिला कार्यरत प्रहरी कार्यालय तनहुँका २७ जना प्रहरीको सम्पर्क पहिचान गरी स्वाब नमूना संकलन गरिएको छ ।