- अर्थ सरोकार सम्बाददाता
इटहरी । इटहरीको तरहरामा स्थानीयहरुले सरकारको सांकेतिक विरोध गरेका छन् । लिवरल सोसाइटीले ‘सरकारको भर नपरौं, आफैँ सचेत बनौँ’ भन्दै सोमबार सांकेतिक विरोध गरेको हो । सोसाइटीले तरहराका विभिन्न क्षेत्रमा सेनिटाइजसमेत गरेको छ ।
लिवरल सोसाईटीका अध्यक्ष सुवेक्छु देवानले पछिल्लो समय कोरोना संक्रमण जोखिम बढेको र सरकारले ध्यान नदिएकाले आँफूहरुले संक्रमित एरिया तथा अन्य संवेदनशील क्षेत्रमा सेनिटाइज गरिएको बताए ।
तरहरा चोकका सार्वजनिक स्थलहरु एटीएम मेसिन, औषधी पसल, तरहरा प्रहरी चौकी, हाँसपोसा सामुदायिक बन, पेट्रोल पम्प,प्रत्येक संक्रमितका घर वरिपरी सेनिटाइज गरिएको हो ।