Skip to content
LAXMI SUNRISE BANK

व्यवसायीहरुलाई थप सहज ! खरिद बिक्री खाता प्रमाणिकरणको म्याद पुस मसान्तसम्म थपियो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आन्तरिक राजस्व विभागले खाता प्रमाणिकरणको म्याद पुस मसान्तसम्म थप गरेको छ । विभागले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै व्यवसायीको सहजताको लागि खरिद बिक्री खाता प्रमाणिकरणको म्याद पुस मसान्तसम्म थप गरेको हो । 
आर्थिक वर्ष २०७७/०७८ का लागि मासिक र द्विमासिक र चौमासिक कर विवरण वुझाउने करदाताको खाता प्रमाणित गर्ने म्याद २०७७ पुस मसान्तसम्म कायम गरिएको छ । मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरुले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १६ (३) बमोजिम प्रत्येक वर्ष कर अधिकृतबाट खरिद तथा बिक्री खाता प्रमाणित गराउनु पर्ने कानूनी प्रावधान छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK