
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारको नियम अटेरी गरेर तीजको भतेर खाने ५० बढी महिलाहरु भतेरको आयोजना गर्ने महिलालाई नै कोरोना संक्रमण पुष्टी भएपछी तनावमा परेका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ७ मा तीजको दर भोज आयोजना गरेकै घरको महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछी भोजमा सहभागी एक बैंकरसहित अन्य अहिले क्वारेन्टाइनमा छन् ।
नगरपालिकाको वडा नम्बर ७ स्थित सयपत्री टोलकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ती महिलाले केहीदिन अघि पीसीआर गरेकी थिइन् । घरमा आयोजना भएको भतेरको कार्यक्रम सकिएको केहि घण्टामै उनलाई कोरोना संक्रमण देखिएको हो।
ती महिलालाई घरमा छुट्टै राखिएको छ । संक्रमितले आयोजना गरेको दरभोजमा छरछिमेका सबै सहभागी भएका कारण सयपत्री टोललाई सिल गर्ने तयारी भइररहेको छ । उक्त भोजमा सहभागी भएकी एक बैंकरले भने आफ्नो जागिर नै जाने खतरा भएकाले नाम उल्लेख नगर्न आग्रह गरेकी छिन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्