×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५० बढीलाई बोलाएर नाचगानसहित दरभोज गरेपछि आयोजकलाई कोरोना, बैंकरसमेत थिए सहभागी…!

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

५० बढीलाई बोलाएर नाचगानसहित दरभोज गरेपछि आयोजकलाई कोरोना, बैंकरसमेत थिए सहभागी…!

६ भाद्र २०७७, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारको नियम अटेरी गरेर तीजको भतेर खाने ५० बढी महिलाहरु भतेरको आयोजना गर्ने महिलालाई नै कोरोना संक्रमण पुष्टी भएपछी तनावमा परेका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ७ मा तीजको दर भोज आयोजना गरेकै घरको महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछी भोजमा सहभागी एक बैंकरसहित अन्य अहिले क्वारेन्टाइनमा छन् । 
नगरपालिकाको वडा नम्बर ७ स्थित सयपत्री टोलकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ती महिलाले केहीदिन अघि पीसीआर गरेकी थिइन् । घरमा आयोजना भएको भतेरको कार्यक्रम सकिएको केहि घण्टामै उनलाई कोरोना संक्रमण देखिएको हो। 
ती महिलालाई घरमा छुट्टै राखिएको छ । संक्रमितले आयोजना गरेको दरभोजमा छरछिमेका सबै सहभागी भएका कारण सयपत्री टोललाई सिल गर्ने तयारी भइररहेको छ । उक्त भोजमा सहभागी भएकी एक बैंकरले भने आफ्नो जागिर नै जाने खतरा भएकाले नाम उल्लेख नगर्न आग्रह गरेकी छिन्।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: