×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमण बढेपछि तिलोत्तमामा भदौ १० गतेसम्म लकडाउन !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कोरोना संक्रमण बढेपछि तिलोत्तमामा भदौ १० गतेसम्म लकडाउन !

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । समुदायस्तरमा कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले भदौ ३ गते साँझ ७ बजेदेखि भदौ १० गते साँझ ७ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
सुरक्षा निकाय, राजनीतिक दल र निजी क्षेत्रका प्रतिनिधि समेतको उपस्थितिमा मंगलबार बिहान बसेको बैठकले एकहप्ता पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीका अनुसार लकडाउन अवधिमा सबै खाद्यान्न र तरकारी सहित सबै प्रकारका पसल व्यवसाय, उद्योगधन्दा, कलकारखाना, निर्माण कार्य, बैंक, वित्तीय संस्था, सहकारी, सरकारी तथा गैरसरकारी संस्थाका कार्यालय र सबै खाले सवारीसाधन सञ्चालन गर्न नपाइने निर्णय भएको छ ।
तर औषधि पसल र औषधि उद्योगहरु सञ्चालन हुन पाउने छन् । यस्तै दूध डेरीहरु बिहान ६ देखि ८ बजेसम्म खुल्न पाउने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: