Skip to content
LAXMI SUNRISE BANK

तिनाउ मिसन डेभलपमेन्ट बैंकको हकप्रद सेयर राष्ट्र बैंकद्वारा अस्विकार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। तिनाउ मिसन डेभलपमेन्ट बैंकको हकप्रद सेयर निष्काशनमा नेपाल राष्ट्र बैंकले रोक लगाएको छ । बैंकले गत असार २५ गतेको साधारणसभाबाट ३ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव र १२% बोनस सेयर पारित साधारणसभाबाट पारित गरेको थियो।
साधारणसभाबाट हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेसँगै नेपाल राष्ट्र बैंकमा प्रबन्धपत्र संशाेधनका लागि पुगेको थियो। प्रबन्धपत्र संशाेधन गर्ने क्रममा हकप्रद सेयर निष्काशनका लागि भने अस्वीकृत गरिदिएको हो। राष्ट्र बैंकले १२% बोनस सेयर वितरणका लागि भने स्वीकृति दिएको छ।
बैंकको हालको चुक्ता पुँजी एक खर्ब ६७ करोड रुपैयाँ छ। बोनस सेयरपछि एक अर्ब ३७ करोड रुपैयाँ पुग्नेछ। हकप्रद सेयर निष्काशन गरेर चुक्ता पुँजी दुई अर्ब ४१ करोड रुपैयाँ पुर्‍याउने बैंकको योजना विफल भएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK