×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : मजदुरलाई एक छाक टार्न पनि धौ-धौ, कोरोना बढेसँगै मेलम्ची बजार सुनसान

PRIME CA

देश बोल्ने फोटो कथा : मजदुरलाई एक छाक टार्न पनि धौ-धौ, कोरोना बढेसँगै मेलम्ची बजार सुनसान

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले मजदुरलाई एक छाक टार्न पनि धौ-धौदेखि  कोरोना बढेसंगै मेलम्ची बजार सुनसान भएको विषयसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
काठमाडौँको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा तरकारी खरिद बिक्री गर्दै । सरकारले कोभिड–१९ को जोखिम बढेकाले तरकारी बजारमा धेरै भीडभाड नगर्न सूचना जारी गरेका छ । 
काठमाडौँको कुलेश्वरस्थित फलफूल बजारमा सोमबार भारी बोक्दै मजदूर । सरकाले कोभिड–१९ को जोखिम बढेकाले फलफूल बजारमा धेरै भीडभाड नगर्न सूचना जारी गरेका छ भने नेपाल फलफूल थोक व्यावसायी संघले बिहान ५ देखि ९ बजेसम्म पसलमा बिक्री वितरणको समय निर्धारण गरेको छ ।
काठमाडौँको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा तरकारी खरिद बिक्री गर्दै । सरकाले कोभिड–१९ को जोखिम बढेकाले तरकारी बजारमा धेरै भीडभाड नगर्न सूचना जारी गरेका छ ।
सिन्धुपाल्चोकमा सोमबारबाट जारी बन्दाबन्दीमा मेलम्ची बजार । छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने भन्दै गएराति १२ बजेदेखि लागु हुनेगरी सिन्धुपाल्चोकमा एक सातासम्म लकडाउन गरिएको छ । 
तनहुँको भिमाद नगरपालिका–९ पाथार्दीमा व्यावसायिकरुपमा पालिएको स्थानीय जातका कुखुरा । यस क्षेत्रका करिब ६० घरधुरीले विभिन्न व्यावसायिक पशुपालन अँगाल्दै आएका छन् । पाथार्दी पछिल्लो समय बोर जातको बाख्रापालनमा हब बन्दै गएको छ ।
पाल्पा रामपुर नगरपालिका वडा नं ४ स्थित देविस्थानका कृषक लालबहादुर थापाको धानमा लागेको गवारो कीराको पहिचान गर्न सिकाउँनुहुँदै रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेय र प्राविधिक प्रज्ज्वल केसी ।
सिन्धुपाल्चोकको मेलम्ची–७ स्थित भटार फाँटमा लगाइएको धान खेती । 
शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका लिदीमा आएको पहिरो । उक्त पहिरामा परेर मृत्यु भएका २२ जनाको शव फेला परेको छ भने १७ जना अझै बेपत्ता छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीयवासी बेपत्ताको खोजीमा निरन्तर जुटिरहेका छन् ।
सिन्धुपाल्चोकमा सोमबारबाट जारी बन्दाबन्दीमा चौतारा बजार । छिमेकी जिल्लामा कोरोना संक्रमण बढेको र जिल्लामा पनि संक्रमण बढ्न सक्ने भन्दै गएराति १२ बजेदेखि लागु हुनेगरी सिन्धुपाल्चोकमा एक सातासम्म लकडाउन गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: