×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : … जसलाई दाउरा नबोकी खान पुग्दैन, कोरोनाले व्यापार-व्यवसाय ठप्प प्राय:

PRIME CA
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : … जसलाई दाउरा नबोकी खान पुग्दैन, कोरोनाले व्यापार-व्यवसाय ठप्प प्राय:

८ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले दाउरा बोकेर जीविकोपार्जन गर्दै मजदुरदेखि कोरोना संक्रमणले व्यापार-व्यवसाय बन्द रहेको दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरमा निषेधाज्ञा लागु गरेको तेस्रो दिन सोमबार सुनसान छ लेनको कञ्चनबारी सडक ।
पशुुपतिनाथ मन्दिर नजिक आर्यघाटमा लास जलाउन दाउरा बोकेर घाटतिर जाँदै मजदुर । 
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरमा निषेधाज्ञा लागु गरेको तेस्रो दिन सोमबार सुनसान तीनपैनी चोक । 
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरमा निषेधाज्ञा लागु गरेको तेस्रो दिन सोमबार सुनसान पुष्पलाल सडक । 
मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङखण्ड अन्तर्गत गलकोट नगरपालिका–१ ओखलढुङ्गामा पहिराले भत्किएको सडक । यो राष्ट्रिय गौरवको आयोजनामध्ये एक महत्वपूर्ण आयोजना मानिन्छ । 
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदीबाट कैलालीको चुरे गाउँपालिका–६ का पहिरो प्रभावितलाई राहत प्रदान ।
पोखरा १८ चंखपुरका किसान सोमबार फेवाफाँटबाट घाँसको भारी बोकेर घरतिर जाँदै । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पोखरामा निषाेधाज्ञाका जारी भए तापनि उनीहरुको यही दिनचर्या भएको छ ।
तनहुँको व्यास नगरपालिका–४ स्थित नुरी हन्फी जामे मस्जिदमा गुम्बज निर्माण गरिँदै । करीब रु तीन लाखको लागतमा गुम्बज निर्माणको काम भइरहेको छ । 
कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा जारी निषेधाज्ञाका कारण सोमबार सुनसान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाे ढाेका अगाडिको मुख्य धनगढी बजार । निषेधाज्ञा पालना गराउन प्रहरीले यहाँ कडाइ गरेको छ ।
पुष्पलाल–मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको विदुर नपा–१३ मा पहिरो छिचोलेर आउजाउ गर्दै स्थानीयवासी । निर्माणाधीन सडकखण्डअन्तर्गत डेउडीदेखि भ¥याङभुरुङसम्मको १३.५ किमी सडकमा दर्जन बढी स्थानमा पहिराले यातायात अवरुद्ध भई पैदलयात्रुलाई समस्या परेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: