×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सडक दुर्घटना कम गर्न छाडा पशुचौपायाको घाँटीमा ‘लाईट रिफ्लेक्टिङ्ग बेल्ट’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सडक दुर्घटना कम गर्न छाडा पशुचौपायाको घाँटीमा ‘लाईट रिफ्लेक्टिङ्ग बेल्ट’

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 

धनगढी । पछिल्लो समय धनगढीमा छाडा पशुचौपायाको संख्यामा ह्वात्तै वृद्धी आएको छ । बजारका मुख्य सडकहरुमै अनियन्त्रित तरिकाले पशुचौपायाको संख्यामा वृद्धी हुँदा सडक दुर्घटनाको जोखिम बढेको छ । छाडा पशुचौपायाका कारण सडक दुर्घटना भएको तथ्यहरुपनि देखिँदै आएको छ । 

धनगढीमा छाडा पशुचौपायाका कारण बढ्दै गईरहेको सडक दुर्घटनाको जोखिम न्युनिकरणका लागि मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालयले पशुचौपायाको घाँटीमा लाईट रिफ्लेक्टिङ्ग बेल्ट लगाउने कार्य सम्पन्न गरेको छ । रातीको समयमा सडकमा रहेका छाडा पशुचौपाया नदेखिने कारणले दुर्घटना हुने गरेको छ । सोही समस्यालाई मध्यनजर गर्दै रातीको समयमा पनि सजिलै देख्न सकियोस भनि लाईट रिफ्लेक्टिङ्ग (रातको समयमा टल्किने) बेल्ट बाँधेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख सरोज ठकुराठीले बताउनुभयो । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित के.बि.अटो पार्टस एण्ड सप्लायर्सका संचालक बिक्रम ऐर ज्युको सहकार्यमा उक्त कार्य गरिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: