×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्राफिक प्रहरी महाशाखामा थप ३ प्रहरीमा कोरोना संक्रमण पुष्टी, प्रहरी बरिष्ठ उपरिक्षकसहित २८१ प्रहरी क्वारेन्टाइनमा

LAXMI SUNRISE BANK

ट्राफिक प्रहरी महाशाखामा थप ३ प्रहरीमा कोरोना संक्रमण पुष्टी, प्रहरी बरिष्ठ उपरिक्षकसहित २८१ प्रहरी क्वारेन्टाइनमा

१९ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बाग्लुङ
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ ।  ट्राफिक प्रहरी महाशाखामा थप ३ प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । गत साउन १६ मा एक हवल्दार र एकजना जवानमा कोरोना देखिएको थियो । उनीहरुको कन्ट्याक्ट ट्रेसिङबाट पिसिआर जाँच गर्दा थप ३ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण देखिएपछि महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भीमप्रसाद ढकाल सहित २८१ प्रहरी क्वारेन्टाइनमा छन् । संक्रमणको जोखिम कम गर्न ३ सय ट्राफिकलाई महाशाखाले घर पायक स्थानमा ड्युटीको व्यवस्था मिलाएको छ । क्वारेन्टाइनमा बसेका ट्राफिकको ठाउँमा मातहतका युनिटबाट ड्युटी परिपुर्ति गरिएको एसएसपी भीम प्रसाद ढकालले जानकारी दिए ।
बिदाबाट फर्केका ६१ प्रहरीलाई रामशाहपथस्थित पार्टी प्यालेसको छुट्टै क्वारेन्टाइनमा राखिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी