×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६० सहसचिवको सरुवा, हेर्नुहोस् कसले कहाँको जिम्मेवारी पाए ? (सूचीसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

६० सहसचिवको सरुवा, हेर्नुहोस् कसले कहाँको जिम्मेवारी पाए ? (सूचीसहित)

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले ६० जना सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्र तथा प्रदेशका विभिन्न मन्त्रालय र विभागमा कार्यरत ६० जना सहसचिवहरुको सरुवा गरेको हो । सरुवा भएकामध्ये प्रदेशका मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेका २७ जना प्रदेश सचिवहरु छन् । मन्त्रालयस्तरीय निर्णयले सहसचिवहरूलाई कामकाजमा खटाउने गरी सरुवा गरेको हो ।
जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका दिनेशकुमार घिमिरेलाई प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा पठाइएको छ । यस्तै प्रधानमन्त्री कार्यालयमै रहेका राजेन्द्रकुमार पौडेललाई प्रदेश १ को आन्तारिक मामिला मन्त्रालयमा, गृहमन्त्रालयका महादेव पन्थ ५ नम्बर प्रदेको सामाजिक विकास मन्त्रालयमा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा रहेका चुडामणि पौडेल सुदूरपश्चिम प्रदेशको आन्तारिक मामिला तथा कानुन मन्त्रालयमा, पर्यटन मन्त्रालयका कमल प्रसाद भट्टराई कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएका छन् । साथै लोकसेवा आयोगका खगेन्द्रप्रसाद सुवेदी ५ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

हेर्नुहोस् कसको सरुवा कहाँ भयो ?

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: